Butwal Today

भोटेकोसीको बाढी: रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

रोल्पा ।  भोटेकोसीको बाढीमा परी रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भएका छन् । सुनिल स्मृति गाउँपालिकाका १० र रुन्टिगढी गाउँपालिकाका ६ गरी १६ व्यक्ति सम्पर्कविहीन भएका हुन् ।

सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले वडा नं ६ का पाँच जना क्रमशः राजेन्द्र महत, बसन्त महरा, सञ्जय महत, कुमार महरा र रविलाल भण्डारी तथा वडा नं ५ का चार जना हरिबहादुर घर्तीमगर, आर्यन घर्ती, सोमबहादुर घर्ती र अनराम पुन तथा वडा नं ३ का बहादुर पुन सम्पर्कविहीन भएको जानकारी दिए ।

यसै गरी, रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले वडा नं ८ का छ जना व्यक्ति क्रमशः गीता बस्नेत, हस्तबहादुर बस्नेत, गोपाल पुन, गोपाल परियार, विकास परियार र ध्रुवबहादुर बुढामगर सम्पर्कविहीन रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाले सूचना प्रकाशित गर्दै जिल्लाका गाउँबाट भोटेकोसी बाढी प्रभावित क्षेत्रमा काम गर्न गएका र सम्पर्कविहीन भएका व्यक्तिको विवरण तत्काल जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा टिपाउन वा खबर गर्न जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?