Butwal Today

रसुवामा नवलपरासी पश्चिमका ६ जना सम्पर्कविहीन

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

बुटवल ।

रसुवामा आएको बाढीपछि नवलपरासी पश्चिमका ६ जना सम्पर्कविहीन भएको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

रसुवाका विभिन्न जलविद्युत् आयोजनामा निर्माण तथा अन्य काममा संलग्न नवलपरासी पश्चिमका ६ जना सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । उनका अनुसार जलविद्युत् आयोजनामा चालक तथा अन्य कामदारका रूपमा कार्यरत उनीहरू सम्पर्कविहीन भएको खबर आएको हो ।

सम्पर्कविहीन भएकाहरूको अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।

बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ। सम्पर्कविहीन भएकाहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?