Butwal Today

रसुवा बाढी अपडेट : मृतकको सङ्ख्या २७० पुग्यो

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म २७० जनाको शव फेला परेको छ ।

रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ ।

त्यस्तै, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?