Butwal Today

प्रधानमन्त्री राहत कोषको नाममा ठगी, सतर्क रहन प्रहरीको आग्रह

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

विपद्को अवस्थाको फाइदा उठाउँदै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ को नाममा ठगी भइरहेको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ ।

केही व्यक्तिले सामाजिक सञ्जालमार्फत ती कोषको नाम प्रयोग गरी आफ्नो व्यक्तिगत बैंक खाता तथा ई–वालेटमा रकम माग्ने र फर्जी राहतका लागि अपिल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले ‘स्क्याम अलर्ट’ जारी गर्दै यस्ता भ्रामक अपिलको पछि नलाग्न तथा रकम पठाउनुअघि सम्बन्धित निकायबाट जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?