Butwal Today

४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

रसुवामा आएको बाढीबाट प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरमार्फत भदौ ११ गते बिहानदेखि हालसम्म टिमुरे, धुन्चे तथा मैलुङ क्षेत्रबाट विभिन्न ६ देशका ४५ विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरिएको छ।

साथै, नेपाली सेनाका करिब ४ हजार फौज परिचालन गरी समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरणको कार्य भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?