© 2026
काठमाडौँ ।
नवलपुरस्थित नारायणी नदी किनारमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ६२ वटा शव फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार फेला परेका शवमध्ये २६ पुरुष, १६ महिला, ३ बालक, ७ बालिका र ९ जनाको लिङ्ग नखुलेको छ ।
सङ्कलन गरिएका शवलाई अहिले पालिकास्तरका अस्पतालमा राखिएको छ । ती शवलाई पोखरा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । हालसम्म फेला परेका कुनै पनि शवको पहिचान खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले बिहानैदेखि शव सङ्कलनको कामलाई तीव्रता दिएको जनाएको छ । शव सङ्कलनका लागि प्रहरी टोली परिचालन गरिएको छ ।