Butwal Today

भोटेकोसी बाढीमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

१० भाद्र २०८३, बुधबार
अ+
अ-
काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । बागमती प्रदेश प्रहरी कार्यालयको पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी २२ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार रसुवामा एक पुरुषको मृत्यु भएको छ । यस्तै, नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जना, धादिङमा पाँच महिला, दुई पुरुष र दुई जनाको लिङ्ग नखुलेको गरी नौ जना तथा चितवनमा एक महिलाको मृत्यु भएको छ ।
बाढी प्रभावित क्षेत्रबाट ६५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ४३ जना, नुवाकोटबाट १९ जना र धादिङबाट तीन जना रहेका छन् । उद्धार गरिएकामध्ये छ जनालाई काठमाडौँ र ३६ जनालाई धुन्चे पठाइएको छ । एक प्रहरीसहित अन्य घाइतेलाई नुवाकोटबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?