Butwal Today

पूर्वाधारमन्त्रीको अनुमान : बाढीबाट भौतिक क्षति दुई खर्ब हारहारी

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

बाढीबाट मुलुकका पूर्वाधारमा दुई खर्ब रुपैयाँ हाराहारीको क्षति भएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बताएका छन् ।

बुधबार बिहान आएको बाढीबाट भएको क्षतिबारे सोधिएको प्रश्नमा मन्त्री लम्सालले प्रारम्भिक विवरणअनुसार पूर्वाधार क्षेत्रमा दुई खर्ब रुपैयाँ हाराहारीको क्षति भएको जानकारी आएको बताए । बाढीले पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै उनले क्षतिग्रस्त पुल र सडकलाई प्राथमिकतामा राखेर छिटो पुनर्निर्माण तथा मर्मत गरिने बताए ।

तिब्बतबाट नेपाल प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा क्षति पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?