Butwal Today

भोटेकोसी बाढी: १२ जलविद्युत् गृहमा क्षति

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । भोटेकोसीमा गएको बाढीका कारण १२ जलविद्युत् गृहमा क्षति पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले भोटेकोसीमा गएको बाढीका कारण छ वटा जलविद्युत् र एक सोलारगृहमा प्रत्यक्ष क्षति पुगेको तथा बाँकी जलविद्युत् गृहबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको बताएका छन् ।

प्रवक्ता ढकालका अनुसार १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सलासुङ्गी (सान्जेन), १४।८ मेगावाटको अपर साञ्जेन, ४२।५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको अपर त्रिशूली थ्री ए, १४.८ मेगावाटको अपर मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र २५ मेगावाटको सोलार प्रणालीमा प्रत्यक्ष क्षति पुगेको छ ।

एघार जलविद्युत् गृह र एक सोलारगृहमा क्षति पुग्दा ४३१।१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको प्रवक्ता ढकालले बताएका छन् । उक्त बाढीले राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?