© 2026
रसुवा ।
रसुवामा बाढीबाट घाइते भएका २९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
नेपाली सेनाका अनुसार अहिलेसम्म २९ जनाको हवाई उद्धार गरिएको हो । उद्धारका लागि नेपाली सेनाका ६ वटा हेलिकप्टर परिचालन भएका छन् । थप दुईवटा हेलिकप्टर पनि उद्धारका लागि जाने क्रममा रहेको सैनिक मुख्यालय जंगीअड्डाले जनाएको छ ।
उद्धार कार्यलाई थप सहज बनाउन तीनवटा ड्रोनसमेत परिचालन गरिएको छ ।