Butwal Today

भोटेकोसी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । भोटेकोसी–त्रिशूलीमा गएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको उनले बताएका छन् ।

न्यौपानेका अनुसार क्षतिग्रस्त क्षेत्रमा सडक विभागले भारी उपकरण तथा मेसिन परिचालन गरी सडक तथा पुलको अवस्था सुधार गर्ने काम अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?