© 2026
काठमान्डौँ ।
बाढीपीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले अनुमति नलिई उडान गर्न सक्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले उद्धार कार्यलाई प्रभावकारी बनाउन निजी हेलिकप्टरलाई आवश्यकताअनुसार अनुमति नलिई उडान गर्न निर्देशन दिएको हो ।
तिब्बतबाट आएको ठूलो बाढी रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा प्रवेश गर्दा ठूलो जनधनको क्षति भएको छ । ठूलो मात्रामा भौतिक संरचना बाढीका कारणले क्षति पुर्याएको छ । बाढीका कारणले सम्पर्कविहीन हुनेहरुको संख्या यकिन हुन सकेको छैन ।
बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिको संख्या भने अझै यकिन हुन सकेको छैन । उद्धार तथा राहत कार्यलाई तीव्रता दिन निजी क्षेत्रका हेलिकप्टरलाई समेत परिचालन गर्न सकिने व्यवस्था गरिएको हो ।