Butwal Today

गुल्मीमा भीरबाट लडेर वृद्धको मृत्यु

८ भाद्र २०८३, सोमबार
अ+
अ-

गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।

काली गण्डकी गाउँपालिका–४ भाङखर्क निवासी ६५ वर्षीय फटिकबहादुर पुनको आज भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान पैदल हिँड्ने क्रममा अचानक सडकबाट करिब १५० मिटर तल खस्दा पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी विश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?