Butwal Today

३ सय ६७ किलो गाँजासहित ३ जना पक्राउ

८ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । प्रहरीले उदयपुर र चितवनबाट ३६७ किलो अवैध लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरका २१ वर्षीय सोम मगर तथा चितवनका ५१ वर्षीय दिल्लीराम थारू र ३६ वर्षीय कर्णबहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना ७ ख ८१७३ नम्बरको टिपर जाँच गर्ने क्रममा ढालाभित्र लुकाइछिपाइ राखिएको नौ वटा बोराबाट १९९ किलो गाँजा बरामद गरेको थियो ।

उक्त गाँजासहित उदयपुरको कटारी नगरपालिका–४ मरुवा खोलाबाट सोही वडाको कान्छी बजार बस्ने सोम मगरलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यसैगरी, प्रहरीले चितवनको राप्ती नगरपालिका–१० चिप्लेटीबाट आज बिहान १६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–२ भृकुटीचोक बस्ने मध्यविन्दु नगरपालिका–७ मिलनचोकका ५१ वर्षीय दिल्लीराम थारू र राप्ती नगरपालिका–१ पिप्ले बस्ने ३६ वर्षीय कर्णबहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले बा प्र ०३–०१–०२३ च ५८२८ नम्बरको कार जाँच गर्ने क्रममा गाँजा फेला पारेपछि कार चालक दिल्लीराम र कारमा सवार कर्णबहादुरलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?