Butwal Today

अनुदानको मल वीरगन्ज पठाएको आरोपमा ३ जना पक्राउ 

६ भाद्र २०८३, शनिबार
अ+
अ-

बागलुङ ।  किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया  बागलुङबाट वीरगन्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रि बसबाट वीरगन्ज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

किसानका लागि तोकिएको कोटाअनुसार जिल्लामा बिक्री गर्नुपर्ने मल अन्यत्र पठाएको अभियोगमा पर्साको छिपहरमाई गाउँपालिका–६ दिनेश पण्डितकुमार तथा बागलुङ नगरपालिका–२ का कुलबहादुर राना मगर र विनय शाक्यलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?