Butwal Today

ट्रकको ठक्करबाट कपिलवस्तुमा युवतीको मृत्यु

५ भाद्र २०८३, शुक्रबार
अ+
अ-

चन्द्रौटा । कपिलवस्तुको आन्दोलन चोकमा ट्रकको ठक्करबाट साइकल यात्री युवतीको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो करिब १ बजेर ४५ मिनेटमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना ५ ख २३६० नम्बरको ट्रकले कपिलवस्तु- १, स्थित हुलाकी सडक खण्डमा साइकलमा सवार युवतीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी कपिलवस्तु नगरपालिका(२ बर्गदवाकी करिब २२ वर्षीया निशा गद्दीलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल तौलिहवा पुर्‍याएको थियो । चिकित्सकले दिउँसो २ बजे उनलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनापछि प्रहरीले ट्रक र चालक मोरङ सुनसरी नगरपालिका-१० का ४३ वर्षीय कृष्णप्रसाद खनाललाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?