Butwal Today

तीन बर्सिया बालिकाको बीभत्स हत्याको विरोधमा अनेमसंघ दाङले बुझायो ज्ञापन पत्र 

५ भाद्र २०८३, शुक्रबार
अ+
अ-

दाङ ।  अखिल नेपाल महिला सङ्घ  जिल्ला कमिटी दाङले  तीन बर्सिया बालिकाको बीभत्स तरिकाले गरिएको हत्याको विरोधमा प्रमुख  जिल्ला अधिकारी  मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

जिल्ला अध्यक्ष लक्ष्मी शर्मा द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,आइतबार बिहान मात्रै बारा जिल्लाको जीतपुर उप(महानगरपालिका वडा नं. १ निवासी तीन वर्षीया बालिका गरिमा चौधरीलाई बीभत्स तरिकाले हत्या गरेको र सो घटनामा संलग्न अपराधीलाई हदै सम्मको सजाय पनि माग गर्दछौँ ।

अपराधमा संलग्नलाई कारबाही  सम्बन्धमा  पछिल्लो समय अपराधका विभिन्न शृङ्खलाहरू बढिरहेका छन्। हत्या, अपहरण, आगजनी, आत्मदाह, बेचबिखन, मानव तस्करी, चोरी डकैती, बलात्कार लगायतका घटनाहरूले सिङ्गो समाजलाई आक्रान्त तुल्याएको छ।

साथै दाङ जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्न, यातायात क्षेत्रलाई सुरक्षित गर्न, आउँदै गरेको हरितालिका तिज, पञ्चमी, दसैँ, तिहार र छठ लगायतका महान् पर्वका समयमा घट्न सक्ने सम्भावित घटनालाई समेत मध्येनजर गरी शान्ति सुरक्षाको प्रत्याभूतिको वातावरण बनाउन समेत अनुरोध गर्दछौँ।

महिलामैत्री समाज निर्माण गर्नतर्फ सबै सरोकारवालाहरूलाई ध्यानाकर्षण समेत गराउन चाहन्छौ भनिएको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी  निस्चलराज पाण्डेले ध्यानाकर्षण भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?