© २०२३
बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आफ्नो सचिवालय विस्तार गरेका छन् । उनले प्रेस संयोजक, स्वकीय सचिवसहित पाँच जनालाई सचिवालयमा नियुक्त गरेका हुन् ।
गिरीले दाङका टीका बस्नेतलाई प्रेस संयोजक नियुक्त गरेका छन् । उनी प्रेस चौतारीका केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज हुन् ।
यसैगरी सचिवालयमा रुपन्देही निवासी अमृत गिरी र दाङ निवासी पुष्पराज अधिकारी नियुक्त भएका छन् । यस्तै कम्प्युटर अपरेटरमा दाङका विपीन केसी नियुक्त भएका छन् । यसअघि गिरीले स्वकीय सचिवमा कृष्ण कुमाललाई नियुक्त गरेका थिए ।
उनले मुख्यमन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सेवासुविधासम्बन्धी ऐन २०७५ को दफा १० बमोजिम सचिवालय विस्तार गरेका हुन् ।