Butwal Today

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

४ भाद्र २०८३, बिहीबार
अ+
अ-

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको गौरीगङ्गा नगरपालिका-४ बाट रु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ । विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधा वृद्धि गरिएबापत रकम मागेको अवस्थामा अख्तियारको टोलीले रकमसहित गौरीगङ्गा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमलाई नियन्त्रणमा लिएको अख्तियार कार्यालय कञ्चनपुरका प्रवक्ता चेतराज भट्टले जानकारी दिP ।

“अहिले घटनास्थलको सबै प्रक्रिया पूरा भइरहेको छ”, प्रवक्ता भट्टले भन], “विस्तृृत अनुसन्धान अब सुरु हुन्छ ।” अख्तियारले यहाँ ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?