Butwal Today

ईभीको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु

४ भाद्र २०८३, बिहीबार
अ+
अ-

लमही । दाङको राप्ती गाउँपालिका–१, माथिल्लो भालुवाङमा यात्रुवाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

भालुवाङ–प्युठान सडकखण्डअन्तर्गत माथिल्लो भालुवाङस्थित पेट्रोल पम्प नजिकै भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको लु प्र ०२–००१ ज ०१०८ नम्बरको ईभी गाडीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको रा ४ प ५८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

प्रहरीका अनुसार ईभी गाडी प्युठानको स्वर्गद्वारी नगरपालिका–२ निवासी २२ वर्षीय लक्ष्मण पुनले चलाएका थिए । स्कुटर भने अर्घाखाँचीको शीतगंगा नगरपालिका–८, लापे निवासी २० वर्षीय अभिषेक कुमालले चलाएका थिए ।

दुर्घटनामा स्कुटरको पछाडि सवार शीतगंगा–८ निवासी ३२ वर्षीया सम्झना केसी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भालुवाङ अस्पताल, दाङ लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा स्कुटर चालक अभिषेक कुमालसमेत घाइते भएका छन् । उनको अवस्था भने सामान्य रहेको जनाइएको छ । दुर्घटनामा संलग्न ईभी गाडी, स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?