Butwal Today

सीमामा कडाइ, लाखौँको अवैध सामान बरामद

४ भाद्र २०८३, बिहीबार
अ+
अ-

चन्द्रौटा । कपिलवस्तुमा भन्सार छली ल्याइएका लाखौँ रकम बराबरको अवैध समान बरामद गरिएको छ ।

७ लाख ३९ हजार ६६० रुपैयाँ बराबरका अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । नं. २८ गण हेडक्वार्टर कपिलवस्तुको टोलीले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट लत्ताकपडा, फलफूल, हरियो तरकारी र किराना सामान बरामद गरेको हो ।

सामान ओसारपसारमा प्रयोग भएका २ मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार बरामद सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि कृष्णनगर र सुठौली भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले सीमा क्षेत्रमा अवैध ओसारपसार र राजस्व चुहावट रोक्न निगरानी तथा गस्ती थप कडा पारिएको बताए । उनका अनुसार अवैध गतिविधि नियन्त्रणसँगै राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी प्रतिबद्ध छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?