ट्रेंडिंग:

>> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ?
नयाँगाउँ माविको ६० औ वार्षिकोत्सव

नवनिर्मित भवन उद्घाटन तथा अक्षयकोष स्थापना

१७ माघ २०७९, मंगलवार
१७ माघ २०७९, मंगलवार

बुटवल, १७ माघ ।

नयाँगाउँ माध्यामिक विद्यालयको ६० औ वार्षिकोत्सब तथा अभिभावक दिवस २०७९ विविध कार्यक्रम गरी सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा नवनिर्मित भवनको उद्घाटन तथा गरिब जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने गरी अक्षयकोषको स्थापना समेत गरिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बश्यालले ४ लाख रुपैयाँ दान गरी पहिलो दाताबाट अक्षय कोष स्थापना गरेका छन् । एक समारोहका बीच लुम्बिनी प्रदेशका सदस्य भोज प्रसाद श्रेष्ठले कार्यक्रम र नवनिर्मित भवनको उदघाटन गर्दै शिक्षा र स्वस्थ्यमा आम नागरिकको सहज पहँुच हुनुपर्ने बताए । लुम्बिनी प्रदेशका शैक्षिक संस्थाहरु समयानुकुल शैक्षिक प्रगतिमा फड्को मार्न सफल भएको उनले दाबी गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले शिक्षाको ज्योति फैलाउने उद्देश्यका साथ विद्यालय स्थापना भएको बताए । २०१९ सालमा एकजना शिक्षक कुल बहादुर कार्कीबाट शुरु भएको विद्यालय यसक्षेत्रका अगुवा, समाजसेवीहरुको सहयोगमा वर्तमान अवस्थामा आईपुगेको छ । ३ तहकै सरकारबाट सहयोगको आश्वासन पाएको उनले बताए । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने गरी बाल क्लब, विभिन्न खेलकुद गतिविधिका साथै अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिदै आएको उनले बताए । आर्थिककै कारण शिक्षा पाउनबाट बन्चित हुने अवस्था रोक्न पहल थालेको उनले बताए । विद्यालयको भौतिक पूर्वाधार निर्माण र आफ्नै खेलमैदान निर्माण गर्ने पहल थालेको भन्दै यसमा आवश्यक सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा विद्यालयका सहायक प्रध्यानाध्यापक विष्णुप्रसाद काफ्लेले एउटा सानो झुपडीबाट शुरु भएर अहिलेको अवस्थामा आईपुग्दा धेरै परिवर्तन आएको बताए । बुटवल तिनाउ पश्चिममा सामुदायिक विद्यालयको रुपमा पहिचान बनाउन सफल भएको बताए । लुम्बिनी प्रदेशकै उत्कृष्ट विद्यालयका रुपमा पहिचान बनाउने गरी अभियान चलाएको उनले दाबी गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका निवर्तमान उपाध्यक्ष बामदेव क्षेत्री, लुम्बिनी विश्वविद्यालयका रजिस्टार तिलक आचार्य, जिल्ला शिक्षा तथा समन्वय ईकाई कार्यालयका प्रमुख दिपेन्द्र ढकाल, बुटवल उपमहानगरपालिका शिक्षा शाखाका मित्रमणी खनाल, वडा नं १२ का वडाअध्यक्ष डिल्ली प्रसाद शर्मा, सल्लाहकार घनलाल बश्यालले नयाँगाउँ विद्यालयमा विकासक्रमलाई स्मरण गर्दै थप योजनाका साथ अघि बढ्न सुझाव दिए ।

विद्यालयका सहायक प्रध्यापक विष्णुप्रसाद काफ्लेको सम्पादनमा प्रकाशित गरिएको नयाँ गाउँ दर्शन २०७९ विमोचन गरिएको थियो । सर्वाङ सुन्दर ब्यायाम, नृत्य प्रदर्शन गरिएको थियो । विद्यालयमा रहेका ५० जना मध्ये बाल शिक्षिका अन्जु सिह ठकुरी, रामप्रसाद बन्जाडे, पार्वती केसी, सुर्य बहादुर राना र कर्मचारी राशि कुमारी मल्ल गरी ५ जना उत्कृष्ट शिक्षक, कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?