Butwal Today

कपुरकोट दुर्घटनामा रास्वपा सभापतिसहित २ गम्भीर घाइते

२ भाद्र २०८३, मंगलवार
अ+
अ-

सल्यान ।  सल्यानको कपुरकोटमा फोर्स गाडी र मोटरसाइकल एक आपसमा ठोक्किँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोट गाउँपालिकाका सभापति बेदबहादुर वलीसहित दुई जना गम्भीर घाइते भएका छन् ।

मंगलबार बिहान करिब ११ बजे कपुरकोट गाउँपालिका, ३ मूलपानीमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार सभापति वली र शुकलाल वली घाइते भएको बताइएको छ  । दुवै जनाको अवस्था गम्भीर रहेको रास्वपा कपुरकोटका सचिव चुडामणी पिएमले जानकारी दिए ।

दुर्घटनालगत्तै घाइते दुवै जनालाई उपचारका लागि कपुरकोट आधारभूत अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बेदबहादुरलाई नेपालगन्ज र शुकलाललाई तुलसीपुर रिफर गरिएको अस्पतालले जनाएको छ ।

सभापति बेदबहादुरको स्वास्थ्य अवस्था गम्भीर रहेकाले कपुरकोट आधारभूत अस्पतालका दुई जना स्वास्थ्यकर्मीलाई समेत साथमा पठाएर नेपालगन्ज लगिएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए ।

दुर्घटनामा परेको फोर्स गाडी र मोटरसाइकल तथा दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?