© 2026
रोल्पा । जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा बिहीबार राति खसेको पहिरोमा परी हराएकाको खोजी जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहीबार खसेको पहिरोमा परी मङरारुका ६४ वर्षीय लामी घर्ती अझै बेपत्ता भएका छन् ।
सोही वडाको फलबाङ्गमा खसेको पहिरोले पुरेर ३ जनाको मृत्यु भएको थियो । उनीहरूको शव बिहीबार नै घटनास्थलबाट निकालिएको थियो ।