© 2026
पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा अध्यनरत विद्यार्थी कल्पना सोमै गुल्मीको काली गण्डकी गाउपालिका बाट उच्च शिक्षाको लागि तानसेनमा बसोबास गर्दै आएकी छन् । बजारमा खाद्यान्न भन्दा तरकालीको मुल्य बढि भएको बताउछिन् । दिदी बहिनी बसोबास गर्ने एक कोठामा दैनिक एक सयको तरकालीले एक छाक पुराउन पनि कठिन भएको बताइन् । ग्रामिण क्षेत्रका स्थानिय बजार देखि शहरमा हरियो तरकालीको मुल्य अस्वाभाविक रुपमा बढेकोले कोठा लिएर बस्ने विद्यार्थीका लागि मात्र होइन कम आर्य आर्जन भएका परिवारका लागि पनि कठिन भएको विद्यार्थी सुरेस थापा बताउछन् । तिनाउ गाउपालिका मस्याम बाट उच्च शिक्षा कै लागि तानसेनको बारुदखानमा कोठा लिएर बस्दै आएकी कल्पना कार्की आफनो गाउको तुलनामा तरकालीको मुल्य सय प्रतिशत बढि भएको बताउछिन् ।
गाउमा उत्पादित कृषि उपज बिचौलीयाले कृषकबाट खरिद गर्दछन् । त्यही कृषि उपज बजार बाट उपभोक्ता सम्म पुग्दा खानै नस्कीने भएको मह∙ो भएको तिनाउ गाउपालिका कोलडाडाकी माया दर्लामी बताउछिन् । आधा रातमा उठेर तरकालीको भारी कस्यो , दुई घण्टाको पैदल हिडेपछि मोटर बाटोमा आउदा बिहानको सात बज्छ । आठ बजे बुटबलको बजारमा पुग्दा बिचौलीयाले बाटो छेकेर बसेको हुन्छन् । तिनै बिचौलियालाई तिनैको मुल्यमा बिक्री गरी फर्कने गरेको उनी बताउछिन् । तरकालीको लागि त कृषक भन्दा बिचौलीया हावी भएको तानसेन नगरको तानसेनमा तरकाली व्यापार गरी बसेका राजेश गुप्ता बताउछन् । व्यापारी र कृषक बिच खरिद बिक्री गर्न पाए त मुल्यमा अन्तर हुने थिएन् । विचौलियाले आफुलाई राम्रो नाफा राखेर व्यापारीलाई बिक्री गर्दा मुल्यमा अन्तर भएको उनले बताए ।
तिनाउ गाउपालिका दोभानकी अम्विका दर्लामी बताउछिन् । आफुले उत्पादन गरेको बोडी प्रति के.जी ३० रुपैयाका दरले बिक्री गरे पनि उपभोक्ता सम्म पुग्दा प्रति के.जी ८० रुपैया पुगेको उनले बताइन् । एक के.जीमा ५० रुपैया कसले कहा कसरी अन्तर भयो भन्ने कुनै कानुनी निकाय नै नहुदा कृषी उपजमा विचौलीया हावी भएको उनले भनिन् । सडक संजालले गाउबस्तीलाई जोडे पछि गाउ बस्तीमा पनि व्यवसायीक तरकारी खेति सुरु भएको छ । कृषकलाई सुविधाको नाममा घर घरमा विचौलीया पुग्दछन् । कृषकले पनि सजिलो र सुविधाका लागि तिनै विचौलीयालाई बिक्री गर्ने परिपाटी बसेकाले यस्तो समस्या उत्पन्न भएको पुराना कृषकहरु बताउछन् । कृषक र व्यापारी बिच मोल मोलाई भएर बिक्री गर्नका लागि तत्कालिन जिल्ला कृषि बिकास कार्यालयले जिल्ला बिकास समितीको सहयोगमा दर्जनौ स्थानमा कृषि उपज संकलन केन्द्र खोलिए पनि संकलन केन्द्र पुग्न नपाउदै बिचै बाट बिचौलीयाले तरकारीको भारी बोकी दिने भएका कारण मुल्यमा अन्तर भएको रिब्दीकोट गाउपालिका ठिमुरेका व्यवसायीक कृषक कुजु राना बताउछन् ।
तानसेन नगरको डुम्रेबजारमा पनि तरकारीको लागि राम्रो बजार हो । त्यही बजारमा शनीबार र बुधबार बिहान ठुलो परिमाणमा कृषि उपज खरिद बिक्री हुन्छ । एक बिहानको कृषक बाट खरिद गरेको तरकारी बाटै १० देखि १५ हजार सम्म मुनाफा भएको व्यापारी तथा बिचौलिय श्याम राना बताउछन् । आफु जस्तै ५० भन्दा बढिले खरिद बिक्री गरी गरी जिवीको पार्जनको मुख्य आधार बनाएको उनले बताए । तानसेन नगर उल्टेभित्ताका चन्द्र बहादुर ढाडाले दस रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी लगाएका छन् । यस पटक प्रति के.जी २ सय रुपैयामा बिक्री गरेका कृषकले उपभोक्ता सम्म पुग्दा प्रति के.जी ४ सय सम्म पुगेको उनले बताए ।हरियो तरकारीको व्यवासायीक रुपमा खेतिको लागि स्थानिय सरकार ,कृषि ज्ञान केन्द्र, राष्टिय कृषि आधुनिक परियोजनाले आर्थिक प्रविधी सहयोग संगै ढुवानीका साधन समेत कृषकलाई अनुदानमा उपलब्ध गराई बिचमा बिचौलीयाको पनि अन्त्य गराउने उदेश्य हो ।
जिल्लामा दैनिक १० देखि २० टन सम्म तरकारी उत्पादन हुने भएपनि उत्पादित कृषि उपज ७५ प्रतिशत बिचौलियाको हातमा रहेको कृषि प्राविधीकहरु बताउछन् । बिचौलिया बिना कृषि उपज बिक्री गर्ने वातावरण बनाउने स्थानिय सरकारको जिम्बेबारी हो । स्थानिय सरकारले स्थानियले कृषि उपजलाई जोड र सुक्ष्म तवरले बजारीकरण तर्फ अध्यन गरी आवश्यक विषय बस्तु संग पहल नगर्दा विचौलिया हावी भएको कृषि ज्ञान केन्द्रका एक प्राविधीकले बताए। वार्षिक रुपमा २० करोड भन्दा बढिको तरकारी उत्पादन हुने यस जिल्लामा कृषकको तुलनामा बिचौलियाले राम्रो आम्दानी गरेको प्राविधीक बताउछन्।