Butwal Today

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-
सुनसरी । आर्थिक वर्ष २०८२ र ८३ मा कोसी प्रदेशमा नियम पालना नगर्ने ९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन् ।
कारबाहीमा परेकाबाट कुल नौ करोड ४१ लाख ७२ हजार ८२४ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
झापाबाट दुई करोड ३९ लाख ९६ हजार ५३८ रुपैयाँ, मोरङबाट एक करोड ८५ लाख ८६ हजार ५७ रुपैयाँ, सुनसरीबाट एक करोड २६ लाख १९ हजार रुपैयाँ, उदयपुरबाट ६२ लाख ७५ हजार रुपैयाँ र इलामबाट ४८ लाख छ हजार तीन रुपैयाँ राजस्व सङ्कलन भएको हो ।
त्यसै गरी धनकुटाबाट ६३ लाख आठ हजार एक रुपैयाँ, ओखलढुङ्गाबाट ३७ लाख २८ हजार २०३ रुपैयाँ, पाँचथरबाट ३१ लाख ४९ हजार रुपैयाँ, खोटाङबाट २२ लाख ४८ हजार रुपैयाँ, भोजपुरबाट १५ लाख ५०० रुपैयाँ, तेह्रथुमबाट १३ लाख ५७ हजार रुपैयाँ, सोलुखुम्बुबाट १४ लाख ७५ हजार रुपैयाँ, सङ्खुवासभाबाट १० लाख ४३ हजार रुपैयाँ र ताप्लेजुङबाट आठ लाख सात हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले राससलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?