ट्रेंडिंग:

>> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण
भार्सेमा निशुल्क स्वस्थ्य शिविर

साढे चार सय बढीले लिए विशेषज्ञ सेवा

१६ माघ २०७९, सोमबार
१६ माघ २०७९, सोमबार

बुटवल, १६ माघ ।

ग्रामीण क्षेत्रका नागरिकमा स्वस्थ्यको पहुच र सचेतना पुर्याउने उदेश्यका साथ रोटरी क्लब अफ बुटवल डाउनटाउनले एक दिने वृहत निःशुल्क स्वस्थ्य शिविर, परामर्श तथा औषधी वितरण कार्यक्रम सम्पन्न गरेको छ । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका भार्सेको त्रिवेणी संगमस्थलमा निःशुल्क स्वास्थ्य जाँच, परामर्श शिविर कार्यक्रम गरेको हो । शिक्षा, स्वस्थ्य, सरसफाईलाई मध्येनजर गरि आम नागरिकमा सचेतना जगाउने गरि सत्यवती, चन्द्रकोट र कालिगण्डकीका स्थानिय बासिन्दाहरुलाई समेटेर बृहत स्वास्थ्य शिविर कार्यक्रम गरिएको कार्यक्रमका संयोजक शिब ज्ञवालीले बताए । महिला प्रसुति विशेषज्ञ डा शर्मिला शर्मा, फिजिसियन डा सुदिप भण्डारी, डा शम्भु खनाल, बालरोग विशेषज्ञ डा किरण सुवेदीसहित नेपाल परिवार नियोजनको प्राविधिक टिमले शिविरमा जाच गरेका थिए ।

कार्यक्रमको एक समारोहका बीच सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे, उपप्रमुख निरमाया तरामु, वडा नं.८ का अध्यक्ष होम रानाले कार्यक्रमको एक समारोहका बीच उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख टिकाराम पाण्डेले ग्रामीण भेगमा रहेको स्वस्थ्य सचेतना जगाउन विभिन्न समयमा गरिने कार्यक्रम फलदायी हुने बताए । ‘सरकारको दायित्वलाई सामाजिक संघसंस्थाहरुको निर्वाह गरेका छन्’– उनले भने । ग्रामीण क्षेत्रमा रोगबाट ग्रसित भएपछिमात्र अस्पताल जानुपर्छ भन्ने मान्यतालाई चिर्न जरुरी रहेको उनले बताए ।

कुनै पनि रोग लाग्नुभन्दा सचेतना अपनाउन उपयुक्त हुने भन्दै उनले आगामी दिनहरुमा सहकार्यमा थप कार्यक्रमहरु गर्न तयार रहेको बताए । शिविरमा जाँच गरेको महिलाहरुमा पाठेघर सम्बन्धी समस्या धेरै देखिएको महिला प्रसुति विशेषज्ञ डा शर्मिला शर्माले बताईन् । नमुना संकलन गरी परिक्षणमा ४० प्रतिशत बढीको बुटवल ल्याईएको उनले बताईन् । ‘हामीले उहाहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा जाने विषयमा परामर्श दिएका छौ’– उनले भने । गाउँघरमा रोग लुकाउने कारण पनि जटिलता भैसकेपछि अस्पताल जाने परिपार्टी देखिने उनले बताईन् ।

शिविर अवधिमा ४ सय ५० जनाको स्वस्थ्य जाच गरिएको क्लबका अध्यक्ष भरत रानाले बताए । पाठेघरको क्यान्सरको परिक्षणका लागि नेपाल परिवार नियोजन संघ बुटवल शाखाको सहयोगमा भिआई टेष्ट गरिएको उनले बताए । पाठेघर सम्बन्धी समस्या भेटिएको र थप जाच गराउनुपर्ने महिलाहरुलाई लुम्बिनी अस्पताल रिफर गरिएको बताए । क्लबबाट आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । स्वस्थ्य शिबिरमा सहयोग गर्ने प्राविधिक सहयोग गर्ने चिकित्सक, औषधी सहयोग गर्ने सिद्धार्थ फार्माच्युटिकल्स, लाईभ फार्माच्युटिकल्स, ग्रेस फार्माच्युटिकल्स, बायोज्ञान रेमिडिज, सिद्ध फार्मुलेसन, खेम ईन्टरप्राईजेज, सुर्य मेडिसिन प्रालि बुटवल, एनएमएसआरए बुटवल युनिटलाई प्रसंशापत्र वितरण तथा अतिथिहरुलाई मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रममा क्लबका पुर्ब अध्यक्ष राजेन्द्र ढकालले स्वस्थ्य, शिक्षा, सरसफाईको पहुच र सचेतना जगाउने उदेश्यका साथ कार्यक्रमहरु गर्दै आएको बताए । शहरी क्षेत्रमा स्थापना भएपनि आफनो मुलथलोमा थोरै भएपनि योगदान दिने गरि आगामी दिनहरुमा समेत कार्यक्रम गर्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?