© 2026
बुटवल ।
तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन् ।
सिंहको शव आइतबार गोरुसिंगेको जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए ।
६५ वर्षीय सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट निस्किएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए ।
प्रहरीका अनुसनर, पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्रको जंगल क्षेत्रमा सिंहले प्रयोग गर्ने लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो ।
सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।