© २०२३
बुटवल, १५ माघ ।
नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले उच्च अदालत तुल्सीपुर बुटवल ईजलाश र उच्च सरकारी वकिल कार्यालय, बुटवलको संयुक्त प्रारम्भिक कमिटी गठन गरेको छ । उच्च सरकारी वकिल कार्यालयका नायब सुब्बा देविराम बन्जाडेको अध्यक्षतामा ९ सदस्यीय प्रारम्भिक कमिटी गठन भएको नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका सदस्य बुद्धिराम पराजुलीले जानकारी दिए ।
जसको सचिवमा उच्च अदालत तुुल्सीपुर बुटवल ईजलाशबाट माहाशर्मा भण्डारी रहेका छन् । त्यस्तै सदस्यहरुमा राधा पराजुली, माया रेग्मी, सिर्जना आचार्य, पार्वती केसी, पुनम जिसी, सिर्सिया न्यौपाने चयन भएका छन् भने एक सदस्य पछि मनोनित गरिने नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय परिषद सदस्य टंकनाथ शर्मा आचार्यले जानकारी दिए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य काशिराम आचार्यले यो सगठनले कर्मचारीको हक हितको लागि काम गर्ने बताए ।
निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य गोपाल ज्ञवालीले पनि बोलेका थिए भने नव निर्वाचित अध्यक्ष देविराम बञ्जाडे लगायतले कर्मचारीको क्षमता विकासको लागि संगठनले सधै अग्रपंक्तिमा रहेर काम गर्ने बताएका थिए ।