© 2026
काठमान्डौँ ।
नेकपा एमालेकी सांसद यशुदा बरालले सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै बरालले शान्ति सुरक्षा कायम गर्न तथा जनताका समस्या सम्बोधन गर्न सरकार पूर्णतः असफल भएको दाबी गरिन् ।
सुनसरीमा भएको साम्प्रदायिक तनावको विषय उठाउँदै उनले ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने भावनाका साथ सबै नेपाली एकताबद्ध भएर बस्नुपर्नेमा जोड दिइन् । यही सन्दर्भमा उनले सरकारको नैतिकतामाथि समेत प्रश्न उठाइन् ।
‘हिजो नैतिकताको कुरा गर्ने प्रधानमन्त्री र गृहमन्त्री आज कहाँ हुनुहुन्छ ?’ सांसद बरालले प्रश्न गरिन्, ‘यदि सरकारले देशमा शान्ति सुरक्षा दिन सक्दैन भने उहाँहरूले तत्काल राजीनामा दिनुपर्छ । संसद्मा १८२ जना सांसद हुनुहुन्छ, अरू कसैले सरकार चलाउनुहुन्छ । तर यो असफल नेतृत्व अब चल्न सक्दैन ।’