Butwal Today

कुखुराको मासुको मूल्य बढ्यो

२२ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

साउन लागेसँगै कुखुराको मासुको मूल्य लगातार उकालो लागेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार शुक्रबारदेखि लागू हुने गरी कुखुराको मूल्य फेरि बढाइएको हो ।

संघका अनुसार यसअघि प्रतिकिलो २ सय ३० रुपैयाँ रहेको जिउँदो कुखुराको मूल्य १० रुपैयाँले बढाएर २ सय ४० रुपैयाँ पुर्‍याइएको छ ।

यस्तै, तयारी कुखुराको मासुको मूल्य पनि बढेको छ । यसअघि प्रतिकिलो ३ सय १५ रुपैयाँ रहेको तयारी मासुको मूल्य बढेर ३ सय ३० रुपैयाँ पुगेको संघले जनाएको छ ।

पशुसेवा विभागका अनुसार १ साउनदेखि नेपालमा बर्डफ्लुको संक्रमण देखिएको छैन । बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएपछि कुखुराको मासुको मूल्य बढ्न थालेको व्यवसायीहरूको भनाइ छ ।

व्यवसायीहरूले बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा मरेको र त्यसका कारण उत्पादन घटेकाले मूल्य बढेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?