ट्रेंडिंग:

>> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान
मुख्य खबर

गर्भवतीको घरमै पुगेर स्वास्थ्य जाँच

१५ माघ २०७९, आईतवार
१५ माघ २०७९, आईतवार

 अर्घाखाँची, माघ – शितगंगा नगरपालिकाले गाउ“मा पुगेर गर्भवती महिलाको स्वास्थ्य परीक्षण गरेको छ । भौगोलिक जटिलताका कारण स्वास्थ्य संस्थामा पुग्न असहज भएकाले घरैपिच्छे गभर्वती खोजेर स्वास्थ्य जा“च, खानपान र आवश्यक परामर्श गरेको हो । नगरको १४ वटै वडाको गाउ“मा जनप्रतिनिधि, चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले २ सय १० जना गर्भवतीको जाँच गरेको छ ।

शितगंगा नगरपालिका–१ सुवर्णखालकी सरस्वती पौडेल आठ महिनाकी गर्भवती छिन् । उनको स्वास्थ्य परीक्षण गर्न भिडियो एक्सरे बोकेर घरमै चिकित्सक सहित स्वास्थ्यकर्मी र जनप्रतिनिधि आउ“दा दंग परिन । यसअघि एक पटक बुटवल र चार पटक स्थानीय स्वास्थ्यचौकीमा पुगेर स्वास्थ्य जा“च गराएकी थिइन । छैठौं पटक स्वास्थ्यकर्मी घरमै आएर जा“च गरिदिए । ९ महिनासम्म आठ पटक जाँच गर्नुपर्ने उनलाई जानकारी छ ।
‘घरमै आएर निःशुल्क स्वास्थ्य परीक्षण गरेर आवश्यक सरसल्लाह, खानेकुरा खाने तरिका सिकाउ“दा धेरै खुसी लाग्यो,’ उनले भनिन, ‘यो निरन्तरता होस् । सा“च्चै सरकार भएको महसुश भयो । एक पटक मात्रै आएर हु“दैन, फेरी पनि आउनुपर्छ ।’
गाउ“मा पैसा नभएर धेरै गर्भवती स्वास्थ्य परीक्षण गर्न पनि जान सकेका छैनन् र गर्भवतीको स्वास्थ्य जस्तो संवेदनशीलमा जनप्रतिनिधि चिकित्सक बोकेर घरमै आउनु राम्रो काम भएको बताइन ।
‘डाक्टर सहित स्वास्थ्यकर्मी गाउ“मै टुप्लुक्क आएर तपाई गर्भवतीको स्वास्थ्य जा“च गर्न आएका हौं, भन्दा अचम्मै लाग्यो,’ स्थानीय जानका पौडेलले, ‘गर्भवती महिला हर्षित भए । जा“चस“गै पेटमा रहेको बच्चा र आमालाई स्वास्थ्य सम्बन्धी शिक्षा दि“दा जोखिमबाट जोगिने कुरा थाहा पाइयो ।’
गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ भनेर सुचना जारी गरेको छ । तर, आर्थिक अवस्था कमजोर भएकै कारण धेरै महिलाले जा“च गर्नबाट वञ्चित छन् । आमा र बच्चाको स्वास्थ्य स्वस्थ राख्न खानुपर्ने खानाहरु पनि चिकित्सकले खान सल्लाह दिएको उनले बताइन । गर्भवती र अल्ट्रासाउण्ड गर्नकै लागि सन्धिखर्क, ठाडा, बुटवल र कपिलवस्तु रकम खर्च धाउनुपर्ने बाध्यता छ । अब निरन्तर सधै घरमै पुगेर गर्भवती जा“च गर्न चिकित्सक आइरहनुपर्ने उनले बताइन ।
यसरी गाउ“मा प्राथमिक स्वास्थ्य केन्द्र ठाडाका डा. शुभेच्छा शर्मा, नर्स सृजना घिमिरे र स्वास्थ्यकर्मी दामोदर ढकाल, लक्ष्मण पाण्डे लगायतको टोली भिडियो एक्सरे मेसिन, औषधि बोकेर पुगेका हुन ।

नगरको १४ वडामा २ सय १० जना गर्भवतीको स्वास्थ्य जा“च गाउ“मै पुगेर गरिएको नर्स सृजना घिमिरेले बताइन । ‘हामीले गर्भवतीको स्वास्थ्य जा“जस“गै अवस्थाको बारेमा पनि भन्छौं, तीन÷तीन महिनामा भिडियो एक्सरे, प्लोअप गर्नेबारे सल्लाह दिएका छौं’ घिमिरेले भनिन, ‘अहिलेसम्म तुरुन्तै बुटवल जानुपर्ने अवस्थामा गर्भवती छैनन् । केही सामान्य र केहीले नियमित भिडियो एक्सरे गर्नुपर्ने छन् ।’ उनीहरुलाई चाउचाउ सहित जंगफुट खानु हु“दैन भनेको उनले बताइन । पोषणतत्तव माछामासु, अण्डा, दूध,दही, फलफुल, भटमास लगायतका खानेकुरा खान सल्लाह दि“दै हि“डेको उनले बताइन । गाउ“मै उत्पादन भएका खाद्यवस्तु र तरकारी खान सल्लाह दिएका छौं, उनले भनिन ।
चिकित्सक सहित शितगंगा नगरप्रमुख छविलाल पौडेल, उपप्रमुख गिता भाट, प्रमुख प्रशासकीय अधिकृत भविन्द्र खनाल सहित सम्बन्धित वडाका वडाध्यक्ष सहित जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली यतिबेला गाउ“मा गर्भवती खोज्दै हिडेका थिए ।
‘गरिबीका कारण नियमित स्वास्थ्य जा“च गराउन नपाएर गर्भवतीको अकालमै ज्यान जाने खतरा नहोस, बच्चाको स्वास्थ्य नबिग्रियोस् र राम्रो होस् भनेर गर्भवती खोज्दै गाउ“ पुगेका हौंं,’ नगर उपप्रमुख गिता भाट्ले भनिन् ।
शितगंगा नगरका अधिकांश वडा भौगोलिक जटिलता, आर्थिक अभावका कारणले समस्या भएको छ । कतिपय गर्भवतीको मृत्यु भएको गुनासो पनि आयो । कोही पनि गर्भवती स्वास्थ्य सेवा अभावका कारण मृत्युबाट जोगाउन गाउ“ हिडेको उनले बताइन । यो कार्यक्रम नगरपालिकाले नियमित सञ्चालन गरिने उनले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?