ट्रेंडिंग:

>> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ)
बुटवल टुडेको कार्यशाला

पत्रकारितामा अलग पहिचान कायम राख्ने अठोट

१४ माघ २०७९, शनिबार
१४ माघ २०७९, शनिबार

बुटवल, १४ माघ ।

बुटवल, पब्लिकेशन प्रालिद्वारा प्रकाशित बुटवल टुडे राष्ट्रिय दैनिकको ११ औ बार्षिकोत्सवको अवसरमा संवाददाता, लेखकहरुका बीचमा कार्यशाला गोष्ठी गरिएको छ । शनिबार मणिग्राममा आयोजना गरिएको कार्याशाला गोष्ठीमा बोल्दै अग्रज पत्रकार मदनलाल पौडेलले बुटवल टुडेले पत्रकारितामा अलग पहिचान स्थापित गरेको बताए । उनले बुटवल टुडेले उठान गरेको विषयवस्तु, लेख तथा खोजमूलक सामग्री अन्य भन्दा पृथक भएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए । अग्रज पत्रकार पौडेलले पत्रकारहरु पार्टी पत्रकारिता भन्दा माथि उठ्नुपर्ने र खोजमूलक सामग्रीमा विशेष जोड दिनुपर्ने भन्दै त्यसो हुन सकेमात्रै पत्रकारिताले फड्को मार्ने बताए ।

बुटवल पब्लिेकशन प्रालिका अध्यक्ष हरि प्रसाद पौडेलले बुटवल टुडेको इतिहास लामो नभएपनि यसले छोटो समयमा नै देशकै अग्रणी सञ्चार माध्यम बन्न सफल भएको बताएका थिए । उनले न्यू मिडियाको रुपमा न्यूज बुटवल टुडे डट कम सुरुवात गरेको भन्दै यसलाई प्रदेश एक नम्बर र देशकै अब्बल सञ्चार माध्यमको रुपमा उभ्याउने बताएका थिए ।

प्रबन्ध सञ्चालक तथा प्रबन्ध सम्पादक नवराज कुँवरले अनलाईन संस्करणले आगामी दिनमा अन्य सञ्चार माध्यम भन्दा पृथक शैली र सोँचका अनुसार काम गर्ने बताएका थिए । उनले स्थापनाको छोटो समयमा नै न्यूज बुटवल टुडे अनलाइनले राम्रो छाप छोड्न सफल भएको भन्दै आगामी दिनमा अझ बढी सशक्त सञ्चार माध्यमको रुपमा अगाडि बढ्ने बताएका थिए ।

कार्यशाला गोष्ठीमा बुटवल टुडे दैनिकका सम्पादक कृष्ण मल्लले इतिहासको कालखण्डमा बुटवल टुडेले समाचारमा कहिल्यै पनि सम्झौता नगरेको भन्दै आगामी दिनमा पनि आफ्नो इतिहास कायम राख्ने बताएका थिए ।

कार्यशालामा न्यूज बुटवल टुडेका सह सम्पादक लक्ष्मण पौडेलले अनलाईनले प्रकाशन गर्ने विषय बस्तुको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । बुटवल टुडे दैनिकका उप सम्पादक कृष्ण खनालले पत्रिकाको शैली समाचारको विषयवस्तुको विषयमा कार्य पत्र प्रस्तुत गरेका थिए भने कार्यशालामा लेखक, स्तम्भकार छलफलमा पत्रिकाका सम्पादक कृष्ण मल्ल, सल्लाहकार सम्पादक छवि पाण्डेले सहजीकरण गर्दै पत्रिकाले प्रकाशन गर्ने लेख, रचना, विषयवस्तु माथिको पृथकता, शैली र विषय बस्तु उठानको विषयमा प्रकाश पारेका थिए । कार्यशालामा न्युज बुटवल टुडेका उपसम्पादक टिआर शर्माले छिटो सूचना प्रदान गर्न सकेमात्रै अनलाईनले अन्य न्यू मिडियासँग प्रतिष्पर्धा गर्न सक्ने भएकाले यसतर्फ संवाददाताहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । त्यस्तै कपिलवस्तु संवाददाता खगप्रसाद चापागाईंले संवाददाताहरुका सवल र सुधार गर्नुपर्ने कुराहरुबारे डेस्कले बेलाबेलामा औंल्याउनुपर्नेमा जोड दिएका थिए । कार्यशालामा विभिन्न जिल्ला संवाददाता, कार्यालयका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?