Butwal Today

सात साना दलले २३ साउनमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

सातवटा साना राजनीतिक दलले ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन् । सोमबार भएको छलफलपछि उनीहरूले आगामी २३ साउनमा मोर्चा घोषणा गर्ने तयारी गरेका हुन् ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका अनुसार नयाँ बानेश्वरस्थित थापागाउँको काठमाडौं बैंक्वेटमा २३ साउनमा मोर्चा घोषणा गरिने तय भएको छ ।

मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल आबद्ध रहनेछन् ।

मोर्चा घोषणाको तयारीका लागि सोमबार ललितपुरमा सात दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह तथा जसपा नेपालका नेता जितेन्द्र सोनललगायत सहभागी थिए ।

छलफलमा नयाँ राजनीतिक मोर्चाको उद्देश्य, आगामी कार्यक्रम तथा सहकार्यका विषयमा समेत प्रारम्भिक समझदारी भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?