Butwal Today

कल्याणपुरमा सामाजिक सद्भाव कायम गर्ने प्रयास

१५ श्रावण २०८३, शुक्रबार
अ+
अ-

जनकपुरधाम ।  सप्तरीको सडक नगरपालिका–७ कल्याणपुरमा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले आज सद्भाव -याली निकालिएको छ ।

प्रतिनिधिसभा सदस्य सीताराम साहको नेतृत्वमा निकालिएको -यालीमा हिन्दू र मुस्लिम समुदायका अगुवा तथा बुद्धिजीवी र स्थानीयको सहभागिता थियो । ¥यालीमा सहभागीले ‘धार्मिक सहिष्णुता कायम गरौँ’, ‘सामाजिक एकता बलियो बनाऔँ’ जस्ता सन्देशसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

-यालीका सहभागीले धार्मिक सहिष्णुता, आपसी भाइचारा र सामाजिक एकतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय सुनसरी र सिरहालगायतका जिल्लामा देखिएका गतिविधिप्रति सचेत रहँदै समाजमा सद्भाव र शान्तिको सन्देश फैलाउने उद्देश्यले -याली आयोजना गरिएको आयोजकले जनाएको छ ।

-यालीपछि आयोजित कार्यक्रममा सांसद साहले विभिन्न धार्मिक समुदायबिचको एकता नै नेपाली समाजको एकताको बलियो आधार भएकाले सबैलाई संयम र सहकार्य गरी अघि बढ्न आह्वान गरे । उनले सामाजिक सद्भाव कायम राख्न नागरिक, समुदायका अगुवा र सरोकारवाला सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?