Butwal Today

हुन्डी कारोबारमा संलग्न आरोपमा एक पक्राउ

१३ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । करिब दुई अर्ब रुपैयाँ बराबरको हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले धादिङ घर भई हाल नागार्जुन नगरपालिका–८ बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाललाई सोही क्षेत्रस्थित राधाकृष्ण मन्दिर परिसरबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शम्शेर जबराका अनुसार केही व्यक्तिले हुन्डी कारोबार गरिरहेको सूचनाका आधारमा शङ्कास्पद व्यक्तिहरूको बैङ्किङ कारोबार विश्लेषण गर्ने क्रममा रिजाल पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानबाट उनले अन्य व्यक्तिसँग मिलेमतो गरी व्यक्तिगत बैङ्क खाता प्रयोग गरेर रु एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ बराबरको रकम हुन्डीमार्फत कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?