© 2026
भद्रपुर (झापा) । झापा गाउँपालिका–३ कल्लामारी क्षेत्रबाट प्रहरीले करिब ५० ग्राम खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको किशनगन्ज जिल्ला, धनतोला मोहमारी बस्ने २२ वर्षीय एमडी फारुक छन् । गए राति लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३७ एबी ५८५९ नम्बरको मोटरसाइकलमा लुकाई छिपाइ ल्याउँदै गरेको उक्त खैरो हिरोइन बरामद गरेको थियो ।
बरामद लागु औषध र मोटरसाइकलसहित फारुकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।