Butwal Today

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर महिलाको  मृत्यु

११ श्रावण २०८३, सोमबार
अ+
अ-

सुदूरपश्चिम ।  बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१ कि २२ वर्षीया अस्मिता भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

उनका अनुसार आज बिहान करिब ९ः३० बजे सुर्नया गाउँपालिका–२ कैलडाँडा क्षेत्रमा घाँस काटिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर भट्टको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?