Butwal Today

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका २ जनाको शव भेटियो

१० श्रावण २०८३, आइतबार
अ+
अ-

दाङ ।  रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । शनिबार दिउँसो सुनिहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमार्गमा गाई बाख्रा चराउन गएको बेला पहिरोमा पुरिएर बेपत्ता भएका सुनिहरी गाउँपालिका–१ का ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगरको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

उनीहरुको शव परीक्षणका लागि रोल्पा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । त्यस्तै, सोही पहिरोमा परी घाइते भएका ६० वर्षीय कुले घर्ती मगरको स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?