Butwal Today

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या

८ श्रावण २०८३, शुक्रबार
अ+
अ-

जनकपुरधाम । रौतहटमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ ।

गुजरा नगरपालिका–५ हरिहरपुर निवासी चन्देश्वर साह कलवारकी श्रीमती ४५ वर्षीया रेनुदेवी जयसवालको हत्या भएको प्रहरीले जनाएको छ ।

रौतहटका प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही टोल स्थायी घर भई हाल मृतककै घरमा डेरा गरी बस्दै आएका ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनुदेवीको घाँटीमा खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते भएकी रेनुदेवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीयले उपेन्द्रलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । कुटपिटबाट उनी गम्भीर घाइते भएका छन् ।

उनीलाई उपचारका लागि चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुर लगिएको र त्यहाँबाट थप उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल रेफर गरिएको डिएसपी गौतमले जानकारी दिए ।

प्रहरीका अनुसार सामान्य विवादका क्रममा खुकुरी प्रहार गरी हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?