Butwal Today

होल्डिङ सेन्टरका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह

६ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई आफ्नो गृहजिल्ला तथा सम्बन्धित स्थानीय तहमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

भूमि समस्या समाधान समितिले बुधबार सूचना जारी गर्दै लाभग्राहीहरूको डिजिटल विवरणका आधारमा तयार गरिएको निवेदन फाराम तथा आवश्यक कागजात सम्बन्धित जिल्ला समितिमा पठाइसकिएको जनाएको छ। समितिले जग्गा वितरण प्रक्रिया अघि बढाउन लाभग्राहीलाई सम्बन्धित जिल्ला र पालिकामा यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरेको हो।

समितिले पहिलो चरणमा २९ जना सुकुम्वासीको नाम सार्वजनिक गर्दै उनीहरूको नाममा अन्यत्र कुनै जग्गा नरहेको पुष्टि भएको जनाएको छ। उनीहरूलाई कानुनअनुसार जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइने समितिको भनाइ छ। सरकारले गत वैशाखमा काठमाडौंका विभिन्न सुकुम्वासी बस्ती हटाएर प्रभावित परिवारलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेको थियो। तीमध्ये केही अझै होल्डिङ सेन्टरमै रहेकाले अब सम्बन्धित गृहजिल्लामा गएर आवश्यक प्रक्रिया पूरा गर्न सरकारले आग्रह गरेको छ।

नेपाल संस्कृत विश्वविद्यालय मुलुकको दोस्रो पुरानो विश्वविद्यालय हो। यहाँ संस्कृत भाषा, साहित्य, दर्शन, संस्कृति तथा धर्मसम्बन्धी विषयमा स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन, अध्यापन र अनुसन्धान हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?