© 2026
बुटवल, १२ माघ ।
सरकारबाट अटोमोबाईल्स ब्यवसायीहरुको समस्या सम्बोधन भएको भन्दै आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल (नाडा लुम्बिनी) ले जनाएको छ । राष्ट्र बैकद्वारा जारी कर्जा निर्देशनको पहिलो सम्बोधनबाट केही हदसम्म सम्बोधन भएको निर्णयप्रति स्वागत गर्दै एक महिना लामो आन्दोलन स्थगित गरिएको नाडा लुम्बिनीका प्रदेश अध्यक्ष गणेश प्रसाद भट्टराईले बताए । सरकारबाट अटोमोबाईल्स आयात खुला, ब्याज दर घटाउने र एलसी भएको मार्जिन हटाउने निर्णय स्वागतयोग्य भएको उनले बताए । अटोमोबाईल क्षेत्रमा आईपरेको लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल (नाडा लुम्बिनी) ले ब्याजदर वृद्धि र एलसीको विषयमा एक महिना अघिदेखि चलेको आन्दोलनको कार्यक्रम समापन भएको जनाएको छ । सरोकारवालाहरु बिच गोष्ठी, राष्ट्र बैकमा धर्ना, ब्यावसायिक संस्थाहरुमा कालोझण्डा प्रदर्शन लगायतको कार्यक्रम गरेको थियो ।
यसैबीच लुम्बिनी अटो मोवाइल्स एसोसिएसन नेपाल नाडा लुम्बिनीले आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृतलाइ स्वागत गरेको छ । नाडा लुम्बिनी अध्यक्ष गणेश भट्टराई, सल्लाहकार नेत्र ज्ञवाली, महासचिव रोशन पाण्डे, कोषाध्यक्ष कृष्णप्रसाद भण्डारी, सदस्य तिलक पाण्डे, प्रबेश भट्टराइले स्वागत गर्दै ब्यबसायीलाई कर सम्बन्धी तालिम दिनमा सहकार्य गर्न तयार रहेको बताए ।
यसैगरी नाडा लुम्बिनीले माघको अन्तिम हप्ता सामाजिक क्षेत्रमा योगदान दिदै रुपन्देहीको मर्चवार क्षेत्रमा विशेषज्ञ चिकित्सक टोलीबाट निशुल्क स्वस्थ्य शिविरको तयारी गरेको महासचिव रोशन पाण्डेले बताए । केन्द्रबाट २ लाख रुपैया बजेट विनियोजन भएको हँुदा पनि कार्यक्रम गराउने तयार रहेको उनले बताए ।