Butwal Today

चन्द्राैटामा घरेलु मदिरामाथि प्रहरीको एक्सन

४ श्रावण २०८३, सोमबार
अ+
अ-

चन्द्राैटा । कपिलवस्तुको शिवराज नगरपालिकाका विभिन्न स्थानबाट बरामद घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने पास नष्ट गरेको छ । वडा प्रहरी कार्यालय चन्द्राैटाले साेमबार करिब साझा ५ बजे मदिरा र मदिराजन्य पदार्थ नष्ट गरेको हो ।

शिवराज नगरपालिका वडा नम्बर-४ बनकट्टी र चन्द्रौटा बजार आसपासबाट १ हजार ७ सय लिटर पास (घरेलु मदिरा बनाउन तयार पारिएको तरल पदार्थ) र ९ सय लिटर तयारी घरेलु मदिरा बरामद गरि २ हजार ६ सय लिटर नष्ट
गरिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

मदिरा र पास राखिएका पलाष्टिकका ड्रम जर्किन लगायतका सामाग्री समेत बरामद गरिएको हो । उनका अनुसार बरामद गरिएको मदिरा तथा पास सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

अवैध घरेलु मदिराको उत्पादन, ओसारपसार र बिक्री-वितरण नियन्त्रणका लागि अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ । मदिराले शारीरिक तथा मानसिक स्वास्थ्यमा हानि पुर्‍याउने र सामाजिक अपराधका घटना हुने भन्दै प्रहरीले अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान चलाउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?