Butwal Today

पत्रकारलाई उपचारमा सहुलियत

३२ असार २०८३, बिहीबार
अ+
अ-
बागमती ।  बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट  स्वास्थ्य उपचार सेवामा सहुलियत दिने भएको छ ।
बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगरले मन्त्री स्तरीय निर्णय अनुसार नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशको सिफारिसमा पत्रकारलाई स्वास्थ्य सेवामा ५० प्रतिशत सहुलियत दिने जानकारी दिए ।
यहाँका प्रदेश अस्पतालले आइसियु, प्रयोगशाला, एक्स-रे, सिटी स्क्यान, एमआरआई, भिडियो, एक्स-रे सेवामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।
नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगरले  मन्त्रालयको सो  निर्णयबाट पत्रकारहरू लाभान्वित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?