Butwal Today

लागु औषधसहित २५ जना पक्राउ

३२ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागु औषधसहित २५ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट छ÷छ, झापा र मोरङबाट तीन÷तीन, नुवाकोट, सुर्खेत र स्याङ्जाबाट दुई/दुई र सिरहाबाट एक जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको साथबाट लागु औषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बुप्रेनोर्फिन र डाइजेपाम बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?