Butwal Today

कर्जा दुरुपयोग अनुसन्धानमा शशी पौडेल पक्राउ

३० असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौं । प्रहरीले रुपन्देही तिलोत्तमाका शशी शर्मा पौडेललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शर्मालाई मंगलबार पक्राउ गरेको हो ।

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलसित कारोबार देखिएपछि उनी पक्राउ परेको सीआईबी स्रोतले जानकारी दियाे । उनले रुपन्देहीको तिलोत्तमा १४ टिकुलिगढस्थित लुम्बिनी एग्रो प्रोडक्टस् एण्ड रिसर्च सेन्टर प्रा.लि. सञ्चालन गर्दै आएका थिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि शर्मालाई पक्राउ गरिएको हो । पूर्वअर्थमन्त्री पौडलमाथि विभागले अनुसन्धान जारी राखेको छ ।

पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । पौडेललाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले सोमबार पाँचौँपटक तीन दिनको म्याद थप गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?