© 2026
काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–९, तिनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–९, एकतापथ निवासी २१ वर्षीय रिवा श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार होराइजोन चोकबाट तिनकुनेतर्फ जाँदै गरेको लु ७८ प ७४१७ नम्बरको स्कुटर गएराति करिब १२ः१५ बजे अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा राति १२ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।