© २०२३
बुटवल माघ– नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) गुल्मीको पाँचौ अधिवेशनले सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोर बिक्रम श्रीसको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको निर्बाचन गरेको छ । जिल्ला सम्मेलनको उद्घाटन गर्दै रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शिक्षा विकासको माध्यमबाट समृद्धि ल्याउनका लागि नेल्टाजस्ता संस्था र यसका शिक्षक सदस्यहरुको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका प्रमुख लोकनाथ मरासिनीले नेल्टाको गतिविधिबाट अं्रग्रजी विषयको उपलब्धिस्तर बढेको बताउँदै नेल्टासँग सहकार्य गर्न इकाईको नवीन कार्य शीर्षकबाट सहयोग गर्ने बताए ।
त्यस्तै रेसुंगा नगरापालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ज्ञवालीले नेल्टाका गतिविधिबाट जिल्लामा अंग्रेजी शिक्षणमा पुगेको सहयोगकाृ चर्चा गरेका थिए । कार्यक्रममा नेल्टा लुम्बिनी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष गोपालप्रसाद वश्यालले नेल्टाका सम्मेलनहरु, तालिम, कार्यशाला, फेलोशिप आदि गतिविधिमा सदस्यहरुको सक्रिय सहभागिताका लागि आव्हान गरेका थिए ।
भेलाले सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोर बिक्रम श्रीसको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत निर्बाचित गरेको छ । जस्तको उपाध्यक्षमा गणेश अधिकारी, सचिव रामहरि पाण्डे, सहचित टिका खड्का, कोषाध्यक्ष बालसिं खत्री, र सदस्यहरुमा बासुदेव घिमिरे, यज्ञप्रसाद गौतम, रामबहादुर विश्वकर्मा, पुजा ज्ञवाली, सरस्वती भण्डारी र निलम बञ्जाडे रहेका छन् ।