Butwal Today

आत्मदाह प्रयासमा ज्यान गुमाएका गणेशका बुवा–आमा काठमाडौं आउँदै

२६ असार २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीका बुवा–आमा काठमाडौं आउँदैछन् ।

उनका बुवा–आमा अहिले काठमाडौं आउने क्रममा रहेको जानकारी गणेशका दाजु मदन नेपालीले दिएका छन् ।

गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । गम्भीर घाइते भएका उनको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

अस्पतालले शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिरहेको छ । तर बुवा–आमा काठमाडौं पुगेपछि मात्रै शवसम्बन्धी थप प्रक्रिया अघि बढाइने दाजु मदनले बताए । बुवा–आमा आउँदै हुनुहुन्छ । उहाँहरू आएपछि मात्रै के गर्ने भन्ने निर्णय गर्छौं। अहिले केही भन्ने अवस्थामा छैनौं,’ उनले भने ।

वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीका अनुसार शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने विषयमा समन्वय भइरहेको छ ।

हालसम्म आफन्तले शव बुझेका छैनन् । गणेश नेपालीको मृत्यु भएपछि काठमाडौंको माइतीघर, भद्रकाली र वीर अस्पताल अगाडि प्रदर्शन भइरहेको छ ।

यस्तै, शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि उनको मृत्युबारे सांसदहरूले प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?