© २०२३
नवलपरासी, १० माघ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धुब्र बहादुर प्रधानले रेशम चौधरी राजनैतिक निर्णयको आधारमा रिहा नहुने बताएका छन् ।
मन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला पश्चिम नवलपरासी आएका मन्त्री प्रधानले सामुदायिक रेडियो परासीले आयोजना गरेको बधाई तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहाको विषयमा सर्वदलीय सहमति नभएको बताए । रेशम चौधरीको मुद्दा कानुन अनुसार नै टुंगिनु पर्ने बताउँदै मन्त्री प्रधानले थुनामा रहेका सबैको विषयमा एकै प्रकारको व्यवहार हुनुपर्ने बताए । यस विषयमा राजनैतिक दलहरु पनि एक मत रहेको उनको भनाई थियो ।
मन्त्री प्रधानले मुलुकमा सुशासन र दण्डहीनताको अन्त्य गर्न मौजुदा कानुन अपुरो रहेकाले कानुन बनाउन ध्यान केन्द्रित गर्ने बताए । विकास निर्माणको काममा अहिले मौजुदा रहेको कानुन अपुरो र बाधक भएको भन्दै त्यसलाई सुधार गर्न परामर्श थालेको बताए ।
मुलुकमा भ्रष्टाचार बढ्नुमा ऐन कानुनमा नीतिगतरुपमा नै त्रुटी रहेको बताउँदै त्यसले सुशासन र आर्थिक विकासमा असर पारिरहेको बताए । नेपालमा समयमा नै मल उपलब्ध हुन नसक्नुमा पनि कानुन बाधक भएको उनको भनाई छ । कानुनी प्रावधान नै त्रुटीपूर्ण रहेकाले नीतिगत रुपमै भ्रष्टाचार भईरहेको र मल समयमा नआउनु पनि त्यसैको परिणाम भएको मन्त्री प्रधानले बताए ।
आफ्नो मन्त्रालय विकास निर्माणको काम गर्ने मन्त्रालय नभएकाले धेरैलाई खासै खुसी नलागेको बताउँदै उनले तर कानुन मन्त्रालय महत्वपूर्ण मन्त्रालय भएको र आफुले पार्टीलाई परेका मन्त्रालय मध्ये रोजेर लिएको पनि उल्लेख गरे । मन्त्री प्रधानले उपचाररत सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ्गको उपचारका लागि पहल गर्ने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी